शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा बाचस्पति रेग्मी

लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयां नेतृत्व आएको छ । शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाले पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मीको नेतृत्वमा दुई वर्षका लागि नयां कार्यसमिति निर्विरोध चयन गरेको हो ।

Dec 7, 2021 - 07:20
 0
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा बाचस्पति रेग्मी

लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयां नेतृत्व आएको छ ।

शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाले पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मीको नेतृत्वमा दुई वर्षका लागि नयां कार्यसमिति निर्विरोध चयन गरेको हो ।

यसअघि उपाध्यक्ष रहेका रेग्मीले निवर्तमान अध्यक्ष भीम बानियाले राजिनामा दिएपछि झण्डै ४ महिना अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरि, उपाध्यक्षमा विक्रम भट्टराई, महासचिव तानिया जैन, सहसचिव हरी भट्टराई, कोषाध्यक्ष निरज शर्मा, सहकोषाध्यक्ष निरज तिवारी र सदस्यहरुमा शरद कुलकर्णी, भक्त दर्जी, जितेन्द्र श्रेष्ठ र नारायण गिरी निर्वाचित भएका छन् ।


Photo: New Chairman Bachespati Regmi

अधिवेशनले १३ सदस्यीय नयां ट्रष्टी पनि चयन गरेको छ जसमा बाचस्पति रेग्मी, विक्रम भट्टराई, तानिया जैन, हरि भट्टराई, निरज शर्मा, निरज तिवारी, शंकर श्रेष्ठ, अरविन्द सहानी, रामचन्द्र सूर्य गुरुङ, सुष्मा गुरुङ, बेम थापा, एबी गुरुङ र हर्क गुरुङ छन् ।

निर्वाचन संयोजक रि. मेजर सूर्य उपाध्याय, सदस्यहरु सुनिता जैन र काउन्सिलर जीव बेलबासेले निर्वाचन सम्पन्न गरी सबै पद निर्विरोध भएको घोषणा गरेका थिए ।

मेजर रि. सूर्यप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनमा विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र अतिथीहरु तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, काउन्सिलर जीव बेलवासे, अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष पुरण गिरी, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ, समाजसेवी एकेन्द्र गुरुङ, कार्यसमिति पदाधिकारीहरु, ट्रष्टीहरु, पूर्व अध्यक्ष सुनित जैन, पूर्व डिएसपी शिवजी श्रेष्ठ, फेमिली फोरम अल्डरसटका सदस्यहरु, चौतारी समूहका संयोजक विष्णु श्रेष्ठ एवं सदस्यहरु लगायतको उपस्थिति थियो ।

सो अवसरमा मन्दिरका भोलेन्टिएर भीम बहादुर गुरुङलाई ‘बेष्ट भोलेन्टिएर’ सम्मान पनि प्रदान गरिएको छ ।

उक्त च्यारिटी संस्थाले बेलायतस्थित नेपाली र अन्य समुदायबाट चन्दा संकलन गरि झण्डै ३ लाख पाउण्डमा भवन खरिद गरी थप करिब डेढ लाख पाउण्ड खर्चेर शिव मन्दिर तथा सामुदायिक भवन निर्माण गरेको हो ।

लन्डनस्थित सफल व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले शिव मन्दिर निर्माणमा विशेष योगदान गरेका छन् ।

सेन्टरमा दैनिक पूजाआजा लगायत बिहे, धार्मिक कार्य, नेपाली कक्षा जस्ता गतिविधि हुन थालेका छन् । नवनिर्वाचित अध्यक्ष रेग्मीले शिव मन्दिरमा दैनिक पूजाआजा सञ्चालनका लागि स्थायी पण्डितको खोजी भइरहेको पनि जनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register