प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ७३३९; इमास ७७३३९; इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन ७३३९;इमास ७७३३९; […]

Jan 26, 2025 - 10:50
 0
प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ ।

मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ७३३९; इमास ७७३३९; इभी लन्च गर्ने तयारी गरेको छ ।

प्रोटन ७३३९;इमास ७७३३९; प्राइम र प्रिमियम गरी दुई भेरीयन्टमा उपलब्ध रहेका छन् । प्रोटन ७३३९; इमास ७७३३९; ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अङ्क प्राप्त गरेको छ ।

जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अङ्क प्राप्त गरेको छ । यी मूल्याङ्कनहरूले ७३३९;इमास ७७३३९; ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

शङ्कर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौं ल्याउने बुझिएको छ । कम्पनीले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

हाल नेपालमा इभी बजार आकर्षित भएको समयमा ७३३९;इमास ७७३३९; ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register