बेलायतका सयौं पोष्ट अफिसको भविष्य अन्यौलमा

लन्डन । बेलायतका हाई स्ट्रिटमा सञ्चालन हुँदै आएका करिब दुईसय वटा पोष्ट अफिस (हुलाक कार्यालय) हरुको भविष्य अन्यौलमा परेको छ । ब्रिटिश रिटेलर चेन डब्लुएच स्मिथले हाइ स्ट्रिटका आफ्ना करिब ५ सय स्टोर विक्री गर्ने घोषणा गरेपछि सोही स्टोरभित्र संचालन हुँदै आएका पोष्ट अफिसको भविष्य अन्यौलमा परेको हो । पोष्ट अफिसको भविष्य अन्यौलपूर्ण रहेको भन्दै […]

Jan 27, 2025 - 22:35
 0
बेलायतका सयौं पोष्ट अफिसको भविष्य अन्यौलमा

लन्डन । बेलायतका हाई स्ट्रिटमा सञ्चालन हुँदै आएका करिब दुईसय वटा पोष्ट अफिस (हुलाक कार्यालय) हरुको भविष्य अन्यौलमा परेको छ ।

ब्रिटिश रिटेलर चेन डब्लुएच स्मिथले हाइ स्ट्रिटका आफ्ना करिब ५ सय स्टोर विक्री गर्ने घोषणा गरेपछि सोही स्टोरभित्र संचालन हुँदै आएका पोष्ट अफिसको भविष्य अन्यौलमा परेको हो ।

पोष्ट अफिसको भविष्य अन्यौलपूर्ण रहेको भन्दै कम्युनिकेशन वर्कर्स युनियन (सीडब्लुयू) ले चिन्ता व्यक्त गरेको छ । पोष्ट अफिस कर्मचारीहरुको प्रतिनिधित्व गर्दै आएको युनियनले उक्त खबर दुःखद र विनाशकारी भएको बताएको छ ।

डब्लुएच स्मिथले हाइ स्ट्रिटमा मात्र नभएर विमानस्थल, रेल्वे स्टेशन, अस्पताललगायत महत्वपूर्ण स्थानहरुमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ ।

२ सय ३० वर्षदेखि चालु डब्लुएच स्मिथभित्र सञ्चालित १९५ वटा पोष्ट अफिस पार्टनरसीपको रुपमा सञ्चालन हुँदै आएका छन् । डब्लुएच स्मिथका ३२ मुलुकमा १२०० स्टोर छन् ।

अनलाइन व्यवसायमा अत्यधिक वृद्धिका कारण पसलमा गएर किनमेल गर्ने ग्राहक संख्या घट्दै गएको खुद्रा विश्लेषकहरुको दावी छ ।

कोभिड १९ पछि अनलाइन सपिङमा भएको वृद्धिका कारण पसलमा हुने विक्रीमा ह्रास आउन सक्ने पहिला नै अनुमान गरिएको एमआरआई सफ्टवेयरका मार्केटिङ प्रमुख जेनी म्याथ्यूजले बताइन् ।

कोभिड महामारीपछि बेलायतका थुप्रै पसल बन्द हुने क्रम जारी छ । पछिल्लो समय करको मार र व्यापारमा भएको ह्रासका कारण हस्पिटालिटी व्यवसाय पनि धरासायी बन्दै गएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register