बन्धकका परिवारले निकालेको सूचीको ५८औं नम्बरमा विपिनको नाम

काठमाडौं । इजरायल–हमास युद्धविराम भएसँगै दुवै तर्फका बन्धक रिहाइको प्रक्रिया चलिरहेको छ । हालसम्म प्यालेस्टिनी सशस्त्र संगठन हमासले बन्धक बनाएका १५७ जना रिहा भइसकेका छन् । यद्यपि नेपाली युवा विपिन जोशी भने हालसम्म रिहाइ भएका छैनन् । उनको रिहाइबारे सरकारले पहल गरिरहेको छ । तर उनको रिहाइबारे हालसम्म कुनै संकेत मिलेको छैन । यसैबीच रिहाइको […]

Jan 30, 2025 - 01:15
 0
बन्धकका परिवारले निकालेको सूचीको ५८औं नम्बरमा विपिनको नाम

काठमाडौं । इजरायल–हमास युद्धविराम भएसँगै दुवै तर्फका बन्धक रिहाइको प्रक्रिया चलिरहेको छ । हालसम्म प्यालेस्टिनी सशस्त्र संगठन हमासले बन्धक बनाएका १५७ जना रिहा भइसकेका छन् ।

यद्यपि नेपाली युवा विपिन जोशी भने हालसम्म रिहाइ भएका छैनन् । उनको रिहाइबारे सरकारले पहल गरिरहेको छ । तर उनको रिहाइबारे हालसम्म कुनै संकेत मिलेको छैन ।

यसैबीच रिहाइको माग गर्दै बन्धकका परिवारले सार्वजनिक गरेको ९७ जनाको सूचीको ५८औं नम्बरमा नेपाली युवा विपिन जोशीको नाम पनि रहेको पाइएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका हुन् । सट्टामा इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो ।

जसमध्ये आठजना बन्धकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धक मृत फेला परिसकेका छन् । इजरायली सेनाको आक्रमणमा परेर ती बन्धकको मृत्यु भएको जनाइएको छ । अहिले हमासको नियन्त्रणमा ९४ जना रहेको बताइएको छ ।

इजरायल सरकारका अनुसार यी ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जनामात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि कब्जामा राखेको छ ।

यसैबीच हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने सट्टामा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।

इजरायल–हमास सम्झौताका बुँदाहरू :

पहिलो चरण (४२ दिन)

– हमासले ३३ बन्धक रिहा गर्नेछ । रिहा हुनेमा महिला, महिला सैनिक, ५० वर्ष माथिका बन्धक हुनेछन् ।

– हमासले रिहा गरेका एक बन्धकको बदलामा इजरायलले ३० जना प्यालेस्टिनी रिहा गर्नेछ । हमासले रिहा गर्ने एक महिला सैनिकको बदलामा ५० जना प्यालेस्टिनी रिहा गर्नेछ ।

– युद्ध रोकिनेछ । इजरायली सैनिक गाजा क्षेत्रका बस्तीबाट पछाडि सरेर गाजाको किनारामा पुग्नेछ ।

– विस्थापित भएका प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन् । गाजा क्षेत्रमा थप सहायता सामग्री जान दिइनेछ ।

दोस्रो चरण (४२ दिन) :

– दिगो शान्तिको घोषणा गरिनेछ ।

– हमासले बाँकी रहेका पुरुष बन्धक (सैनिक र नागरिक) रिहा गर्नेछ । यसको बदलामा इजरायलले कति मान्छे रिहा गर्ने भनेर तय भइसकेको छैन । गाजा क्षेत्रबाट इजरायली सैनिक पूर्णरूपमा बाहिरिनेछ ।

तेस्रो चरण :

– हमासको नियन्त्रणमा रहेका बन्धकको शव र इजरायली कब्जामा रहेको प्यालेस्टिनीको शव फिर्ता गरिनेछ ।

– गाजा पुनःनिर्माण योजना कार्यान्वयन गरिनेछ ।

– गाजा क्षेत्रमा भित्रिन र बाहिरिन बोर्डर क्रसिङ खुला गरिनेछ ।

कतारका अमिरलाई राजदूत पौडेलको आग्रह – विपिन जोशीको रिहाइका निम्ति सघाउनू

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register