नबिल बैंकको पाँचौं प्रायोरिटी बैंकिङ लाउन्ज बौद्ध शाखामा

काठमाडौं । नबिल बैङ्कले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउन्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउन्जको उद्घाटन गरेका हुन् । ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउन्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको […]

May 12, 2025 - 06:38
 0
नबिल बैंकको पाँचौं प्रायोरिटी बैंकिङ लाउन्ज बौद्ध शाखामा

काठमाडौं । नबिल बैङ्कले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउन्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउन्जको उद्घाटन गरेका हुन् ।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउन्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

लाउन्ज उद्घाटन गर्दै डेपुटी सीईओ पाण्डेले भने, ‘नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं,’ उनले भने, ‘ग्राहकसँग कारोबारमा मात्रै सीमित नभइ दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौ ।’

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउन्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।

नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रुपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register