त्रिवेणी स्नान गर्न श्रद्धालुको घुइँचो

नवलपरासी।   स्वर्णभद्रा,पूर्णभद्रा र नारायणी नदीको संगम स्थल त्रिवेणीमा माघे ओैंसी स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ ।नेपाल तथा छिमेकी देश भारतबाट आएका हजारौँ श्रद्धालुले यहाँको त्रिवेणी घाटमा स्नान गरी विभिन्न मठ मन्दिर परिक्रमा गरेका छन् । श्रदालुहरूमा त्रिवेणी स्नान गरी जौ,तिल तथा गुणदान गर्नाले मनाेकांक्षा पूराभई अन्तत मोक्ष प्राप्त हुने विश्वास रही आएको छ । […]

Jan 30, 2025 - 09:09
 0
त्रिवेणी स्नान गर्न श्रद्धालुको घुइँचो

नवलपरासी। 

 स्वर्णभद्रा,पूर्णभद्रा र नारायणी नदीको संगम स्थल त्रिवेणीमा माघे ओैंसी स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ ।
नेपाल तथा छिमेकी देश भारतबाट आएका हजारौँ श्रद्धालुले यहाँको त्रिवेणी घाटमा स्नान गरी विभिन्न मठ मन्दिर परिक्रमा गरेका छन् ।


श्रदालुहरूमा त्रिवेणी स्नान गरी जौ,तिल तथा गुणदान गर्नाले मनाेकांक्षा पूराभई अन्तत मोक्ष प्राप्त हुने विश्वास रही आएको छ ।

धार्मिक क्षेत्र त्रिवेणीमा गजेन्द्र मोक्ष दिव्य धाम, नागबाबा कुटी,केउलानी मन्दिर, वाल्मीकि आश्रम,बैकटेश मन्दिर, जटाशंकर,सीता पाताल प्रवेश स्थल,लवकुशले घाेडा बाधेकाे तवेला लगायतका पौराणिक मठ मन्दिर रहेका छन् ।

गण्डकी प्रदेशकै भारतसँग सीमा जोडिएको एक मात्र क्षेत्र त्रिवेणीधाम पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँ पालिका वडा नम्बर ६ र ७ मा पर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register