बुढासुब्बा गोल्डकप: चर्च ब्वाइजको विजयी सुरुवात
काठमाडौं । २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । दोस्रो हाफको दोस्रो मिनेटमा निर्णायक गोल गर्दै सन्तोष खत्रीले […]

काठमाडौं । २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ ।
धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
दोस्रो हाफको दोस्रो मिनेटमा निर्णायक गोल गर्दै सन्तोष खत्रीले चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याए । म्यान अफ द म्याच घोषित भएका खत्रीले नगद १० हजार रुपैयाँ समेत हात पारे । आइतबारको खेल आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच हुनेछ । प्रतियोगितामा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
What's Your Reaction?






