कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

Feb 1, 2025 - 12:51
 0
कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेका विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौँ), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register