राष्ट्रिय सभाको बैठक बस्दै,

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । संसद सचिवालयले जानकारी दिएअनुसार आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यस्तै राष्ट्रिय सभाको बैठकमा विशेष समयमा आठ जना सांसदले […]

Feb 2, 2025 - 07:12
 0
राष्ट्रिय सभाको बैठक बस्दै,

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

संसद सचिवालयले जानकारी दिएअनुसार आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रिय सभाको बैठकमा विशेष समयमा आठ जना सांसदले बोल्ने कार्यसूची रहेको छ ।

संसदको चालू अधिवेशन गत शुक्रबारबाट सुरू भएको हो। प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ गते बस्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register