सरकारी ढिलासुस्तीले बक्यौता तिर्ने आईएसपीले पनि पाउन सकेनन् ब्यान्डविथको पैसा पठाउने स्वीकृति
काठमाडौं । सरकारी ढिलासुस्तीका कारण बक्यौता बुझाउने इन्टरनेट सेवा प्रदायकले समेत विदेशी अपस्ट्रिम प्रदायकलाई रकम भुक्तानी गर्न नपाएको देखिएको छ । आइतबार राति एकाएक देशको अधिकांश इन्टरनेट सेवा प्रभावित भएपछि ब्यान्डविथको भुक्तानी नहुनुलाई समेत समस्याको रूपमा हेरिएको हो । लामो समयदेखि चलीरहेको रोयल्टी र आरटीडीएफ (ग्रामीण दूरसञ्चार विकास कोष) दस्तुर विवाद अदालतबाट यसअघि नै निरूपण भइसकेको छ । सोही अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले गएको ३० कात्तिक र सुबिसुले करिब एक महिना अघि जरिबानासहित सम्पूर्ण बक्यौता रक...

What's Your Reaction?






