कार्टुनिस्ट रवि मिश्रको बाल-कथा “दिव्याको क्रिस्टल बल” आउँदै

काठमाडौं । कार्टुनिस्ट रवि मिश्रको बाल-कथाको पुस्तक “दिव्याको क्रिस्टल बल” प्रकाशित हुने भएको छ । पुस्तक “दिव्याको कृस्टल बल” बालबालिकाको सामाजिक मनोविज्ञानसँग सम्बन्धित कथाको संगालो हो । पुस्तकमा कृष्टल बलसँगको उसको भावनात्मक र त्यो बल जोगाउन उसले खेपेको हैरानीको कथा छ । यो कथा दिव्या, उसको कृष्टल बल र साथीहरूको आसपास घुमेको छ । यसमा […]

Feb 3, 2025 - 11:15
 0
कार्टुनिस्ट रवि मिश्रको बाल-कथा “दिव्याको क्रिस्टल बल” आउँदै

काठमाडौं । कार्टुनिस्ट रवि मिश्रको बाल-कथाको पुस्तक “दिव्याको क्रिस्टल बल” प्रकाशित हुने भएको छ ।

पुस्तक “दिव्याको कृस्टल बल” बालबालिकाको सामाजिक मनोविज्ञानसँग सम्बन्धित कथाको संगालो हो । पुस्तकमा कृष्टल बलसँगको उसको भावनात्मक र त्यो बल जोगाउन उसले खेपेको हैरानीको कथा छ । यो कथा दिव्या, उसको कृष्टल बल र साथीहरूको आसपास घुमेको छ । यसमा कथासँगै चित्रहरू पनि समावेश गरिएका छन् ।

लेखक मिश्रका अनुसार ‘यो सेरिज कथा हो र यो सेरिजका अरू कथाहरू पनि प्रकाशित हुनेछन् ।’

हाल नयाँ पत्रिकामा कार्यरत कार्टुनिस्ट मिश्रले यसअघि आन्बिका गिरीको हाम्रो कुरा नि सुन्नुस, ठूलो मान्छे, र बुद्धि सागर को गैंडा टाइम्स आदीमा इलस्ट्रेसनहरू बनाएका थिए ।

उनको बाल-साहित्यिक पुस्तक आगामी ९ फेब्रुअरी दिउँसो ४ बजे पुल्चोकस्थित द प्लाजामा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । पुस्तक “रुम टू रिड” को साथमा सांग्रिला बुक्सले बजारमा ल्याउन लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register