प्रतिनिधि सभामा आज प्रचण्डको सम्बोधन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्डले सम्बोधन गरेका थिएनन् । प्रमुख प्रतिपक्षी दलको नेता भएर पनि […]

Feb 6, 2025 - 05:06
 0
प्रतिनिधि सभामा आज प्रचण्डको सम्बोधन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्डले सम्बोधन गरेका थिएनन् । प्रमुख प्रतिपक्षी दलको नेता भएर पनि सरकारले ल्याएका अध्यादेशलगायत विषयमा संसद्‌मा नबोलेको भन्दै प्रश्न उठेको थियो ।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register