पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं । ललितानिवास  जग्गा प्रकरणमा  पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा […]

Feb 13, 2025 - 12:57
 0
पूर्वप्रधानमन्त्री  नेपाल र भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं । ललितानिवास  जग्गा प्रकरणमा  पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै  दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।

न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्चमा  नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन माग गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register