सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड : नागरिकको पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरङ्कुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् । प्रतिनिधि सभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको उनको भनाइ छ । उनले भने, ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले […]

Feb 6, 2025 - 09:03
 0
सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड : नागरिकको पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरङ्कुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् ।

प्रतिनिधि सभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरङ्कुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ । ’

उनले थप भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register