नेपालकाे समग्र हितकाे रक्षापछि मात्रै सदनकाे गतिराेध हट्छ : केपी ओली
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालकाे समग्र हितकाे रक्षापछि मात्रै सदनकाे गतिराेध हट्ने बताउनुभएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठक अवरुद्धपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले देशको समग्र हितको रक्षापछि मात्र सदनकाे गतिरोध अन्त्य हुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'राष्ट्रकाे रक्षा, संविधानकाे रक्षा, भूमिकाे रक्षा, राष्ट्रिय स्वाभिमानकाे रक्षा र नेपालकाे समग्र हितको रक्षापछि मात्र संसद्को गतिरोध हट्छ ।'
विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएकाे राष्ट्रहित विपरीतकाे अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेकाे छ । प्रतिनिधि सभामा एमालेसँगै रास्वपा र राप्रपाले पनि विराेध जनाएका छन् ।
What's Your Reaction?






