प्रधानमन्त्री ओलीलाई भेटेर टिकटकरको आग्रह – टिकटक बन्द नगर्दिनू

काठमाडौं । टिकटकरहरू अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटर टिकटक बन्द नगर्दिन आग्रह गरेका छन् । उनीहरूले बिहीबार आफूलाई भेटेर यस्तो आग्रह गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । ‘बिहीबार दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । […]

Feb 7, 2025 - 01:27
 0
प्रधानमन्त्री ओलीलाई भेटेर टिकटकरको आग्रह – टिकटक बन्द नगर्दिनू

काठमाडौं । टिकटकरहरू अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटर टिकटक बन्द नगर्दिन आग्रह गरेका छन् ।

उनीहरूले बिहीबार आफूलाई भेटेर यस्तो आग्रह गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

‘बिहीबार दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिए,’ उनले फेसबूकमा लेखेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तर वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।

बिहीबार संसद् बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले उनको खोजी गरेका थिए ।

प्रचण्डले भाषण गरिरहँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register