एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फल्ड लाइटको काम सुरु

काठमाडौं । रुपन्देहीमा बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फल्ड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार स्टेडियमका एमडी विनोद कुँवरले पत्रकार सम्मेलन गरेर फल्ड लाइटको लागि काम सुरु भएको र १५ दिनमै सकिने जानकारी दिए । शुक्रबार क्रिकेट स्टेडियमको सामाजिक सञ्जालमा फल्ड लाइटको सामग्री ल्याएको तस्वीर पनि सार्वजनिक गरिएको छ । कुँवरले एक महिनापछि […]

Feb 7, 2025 - 06:42
 0
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फल्ड लाइटको काम सुरु

काठमाडौं । रुपन्देहीमा बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फल्ड लाइट जडानको काम सुरु भएको छ ।

शुक्रबार स्टेडियमका एमडी विनोद कुँवरले पत्रकार सम्मेलन गरेर फल्ड लाइटको लागि काम सुरु भएको र १५ दिनमै सकिने जानकारी दिए । शुक्रबार क्रिकेट स्टेडियमको सामाजिक सञ्जालमा फल्ड लाइटको सामग्री ल्याएको तस्वीर पनि सार्वजनिक गरिएको छ ।

कुँवरले एक महिनापछि ‘डे नाइट म्याच’ खेलाउन सकिने गरी तयारी अघि बढाइएको बताएका छन् ।

२०८० साल जेठ २९ गते स्टेडियमको शिलान्यास गरिएको थियो । स्टेडियमको मैदान सोही वर्षको फागुनमै खेल्नका लागि तयार भएको थियो ।

फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

यस मैदानलाई यु–१९ महिला विश्वकप खेलेको टोली र नेपाल प्रिमियर लिग एनपीएल फ्रेन्चाइज लुम्बिनी लायन्सले अभ्यासका लागि पनि प्रयोग गरेका थिए । भारतबाट पनि केही क्लबस्तरीय टिम आएर यो मैदानमा खेलेका थिए ।

स्टेडियममा नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register