किसानको उत्पादन सडकमा देख्दा मन थाम्न मुश्किल पर्छ: अध्यक्ष ओली

Jun 19, 2023 - 05:23
 0
किसानको उत्पादन सडकमा देख्दा मन थाम्न मुश्किल पर्छ: अध्यक्ष ओली
किसानको उत्पादन सडकमा देख्दा मन थाम्न मुश्किल पर्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानको उत्पादन सडकमा फालेको देख्दा मन थाम्न मुश्किल हुने बताउनुभएको छ ।

आइतबार उचित मूल्य नपाएपछि किसानले कालीमाटीमा गोलभेँडा सडकमा फ्याँकेर आन्दोलन गरेपछि ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले कृषिवस्तु खरिद सम्झौता नभएसम्म अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसक्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ , ‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौँ, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुन्छ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1