काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान ८ बजेबस्ने गरी तय भएको बैठक आकस्मिक रूपमा  बोलाइएको हो ।  तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ । बैठकले कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्ने […]

Jun 18, 2025 - 03:20
 0
काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान ८ बजेबस्ने गरी तय भएको बैठक आकस्मिक रूपमा  बोलाइएको हो ।  तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ । बैठकले कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । साथै बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य  शास्त्रीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register