दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजीनामा

काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिएकी छन् । आतिशीले आइतबार राजनिवासमा पुगेर उपराज्यपाल वीके सक्सेनालाई राजीनामा पत्र बुझाएकी हुन् । राज निवास दिल्लीले यसबारे जानकारी दिएको छ । राज निवासले एक्समा लेखेको छ, “माननीय उपराज्यपाल वीके सक्सेनाले माननीय मुख्यमन्त्री आतिशीको राजीनामा स्वीकृत गर्नुभयो। उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गर्नुभयो।” […]

Feb 9, 2025 - 07:18
 0
दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजीनामा

काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिएकी छन् ।

आतिशीले आइतबार राजनिवासमा पुगेर उपराज्यपाल वीके सक्सेनालाई राजीनामा पत्र बुझाएकी हुन् । राज निवास दिल्लीले यसबारे जानकारी दिएको छ ।

राज निवासले एक्समा लेखेको छ, “माननीय उपराज्यपाल वीके सक्सेनाले माननीय मुख्यमन्त्री आतिशीको राजीनामा स्वीकृत गर्नुभयो। उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गर्नुभयो।”

दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जितेको छ भने आम आदमी पार्टी २२ सिटमा झरेको छ ।

२७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले पूर्ण बहुमत प्राप्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register