आइतबार ११.४९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५८ लाख ५५ हजार ६ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज […]

Feb 9, 2025 - 09:33
 0
आइतबार ११.४९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५८ लाख ५५ हजार ६ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३१ करोड १६ लाख ८३ हजार ३ सय ९५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आइतबार सेन्ट्रल फाइनान्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register