दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८ दशमलव ३१ को विन्दुमा पुगेको छ । आइतबार ३०५ कम्पनीका ८४ हजार २८० पटकको कारोबारमा १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 9, 2025 - 09:33
 0
दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

आइतबार ३०५ कम्पनीका ८४ हजार २८० पटकको कारोबारमा १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ रहेको छ ।

६८ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register