चैत २ र ३ गते एक करोड राशीको मेरो भ्वाइस र मेरो डान्सको बिर्तामोडमा अडिसन

झापा, २७ माघ । विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्वको लागि चैत २ र ३ गते बिर्तामोडमा हुने भएको छ । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्व अडिशन बिर्तामोड [...] The post चैत २ र ३ गते एक करोड राशीको मेरो भ्वाइस र मेरो डान्सको बिर्तामोडमा अडिसन appeared first on Jhapa Online.

Feb 9, 2025 - 10:40
 0
चैत २ र ३ गते एक करोड राशीको मेरो भ्वाइस र मेरो डान्सको बिर्तामोडमा अडिसन

झापा, २७ माघ । विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्वको लागि चैत २ र ३ गते बिर्तामोडमा हुने भएको छ ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्व अडिशन बिर्तामोड हुन लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सहित अडिसनबारे आयोजकले गराएको हो ।

इन्ट्रा–नेशनल वेलफेयरका नेपाल संयोजक राम बानियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि बरिष्ठ गीत तथा संगीतकार साधक शिवशंकर थापाले यस्ता प्रतियोगिताल आफ्नो भाषा संस्कृतिसँगै कला–संगीतको श्रीबृद्धिमा टेवा मिल्ने बताउनुभयो । कार्यक्रममा संगीतकार दीपक रायमाझीले कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मानविय सेवामा समर्पित इन्ट्रा–नेशनल वेलफेयरले नेपाली भाषा र कला–संगीतलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गर्न लागेको नेपाल संयोजक बानियाँले बताउनुभयो । “विश्वमा छरिएर रहेका नेपालीलाई एक सुत्रमा बाँध्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसमा सबैको सहयोग अपरिहार्य छ ।”

पत्रकार सम्मेलनको सहजीकरण गर्नुहुँदै इन्ट्रा–नेशनल वेलफेयरका नेपाल–भारत संयोजक राजेश घतानीले अडिसनका लागि आवेदन खुला गरिएको बताउनुभयो । उहाँले पूर्व अडिसनमा दुवै विधामा करिब ५ सय जनाले आवेदन दिने बताउँदै एक सय जनाले अनलाइनमार्फत् आवेदन दिइसकेको समेत जानकारी दिनुभयो ।

पूर्व अडिसनको कार्यक्रम संयोजक रुपक ओडारीले कोशी प्रदेशका सबै जिल्लाबाट आवेदन आइरहेको बताउनुभयो ।

नेपालभित्र र संसारको जुनसुकै कुनैमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शो आयोजना हुन लागेको उहाँले बताउनुभयो । सन् २०२३ मा यी दुबै रियालिटी शोको पहिलो सिजन भइसकेको छ ।

मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त निर्णायक (जज) को भूमिकामा रहनेछन् ।

मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा हुनुहुन्छ ।

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हंगकंग र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा तथा नेपालका बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना हुँदैछ ।

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट www.intrafoundations.org बाट आवेदन दिन सक्ने छन् । अडिसनबाट भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु छनोट गरिने छ ।

दुवै शोका विजेताहरुलाई एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ । मेरो डान्स यूनिभर्स अन्तर्गत हरेक एपिसोडको शुरुमा प्रस्तुत गरिने समूह नृत्य ग्रुप डान्स) पनि प्रतियोगितात्मक हो । समूह नृत्यका विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तेस्रो हुनेले ५ लाख पुरस्कार पाउने छन् ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ ।

The post चैत २ र ३ गते एक करोड राशीको मेरो भ्वाइस र मेरो डान्सको बिर्तामोडमा अडिसन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register