नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै ९ करोड अकुत सम्पत्ति कमाएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । बस्नेतले ८ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा […]

Feb 9, 2025 - 10:42
 0
नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै ९ करोड अकुत सम्पत्ति कमाएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

बस्नेतले ८ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ । उनकी श्रीमती उर्मिला बस्नेतलाई पनि प्रतिवादी बनाइएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register