एनकासाले क्रिकेट प्रतियोगिता आयोजना गर्ने, १३ टिमको सहभागिता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) ले १२औँ एनसिएएसए इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । एनकासाले फागुन ४ गते देखि क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो । उक्त क्रिकेट प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । खेल पुलचोक र ल्याबोरेटरी स्कुल क्रिकेट मैदानमा हुने जनाइएको छ […]

Feb 9, 2025 - 11:36
 0
एनकासाले क्रिकेट प्रतियोगिता आयोजना गर्ने, १३ टिमको सहभागिता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) ले १२औँ एनसिएएसए इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । एनकासाले फागुन ४ गते देखि क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो ।

उक्त क्रिकेट प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । खेल पुलचोक र ल्याबोरेटरी स्कुल क्रिकेट मैदानमा हुने जनाइएको छ ।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ ।

वि.सं २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना विभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register