रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको ६० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले सोमबार उच्च अदालत पाटनमा निवेदन दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए। मंगलवारलाई पेशी तोकिएको सो निवेदनमा […]

Feb 10, 2025 - 15:45
 0
रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको ६० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले सोमबार उच्च अदालत पाटनमा निवेदन दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।

मंगलवारलाई पेशी तोकिएको सो निवेदनमा लामिछानेलाई थुनामै पठाउनुपर्ने आदेश माग गरिएको छ ।

यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register