सप्तरीमा ७२६ किलो गाँजा बरामद

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट प्रहरीले ७२६ किलो गाँजा बरामद गरेको छ । बिहुल पुलभन्दा १०० मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कोरपियोबाट शनिबार उक्त परिमाणको गाँजा बरामद गरिएको हो । उक्त सवारीसाधनका चालक फरार छन् । उनको खोजी भइरहेको मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हेमन्त तामाङले बताए […]

Feb 8, 2025 - 12:00
 0
सप्तरीमा ७२६ किलो गाँजा बरामद

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट प्रहरीले ७२६ किलो गाँजा बरामद गरेको छ ।

बिहुल पुलभन्दा १०० मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कोरपियोबाट शनिबार उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

उक्त सवारीसाधनका चालक फरार छन् । उनको खोजी भइरहेको मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हेमन्त तामाङले बताए ।

गएको पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१, कमलदाहाबाट ६७० किलो गाँजा बरामद भएको थियो । यस्तै, मंसिर ४ गते सप्तरीकै राजगढ गाउँपालिका–४, बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार ७१७ किलो गाँजा बरामद गरिएको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register