इरानमा गत वर्ष कम्तीमा ९०१ जनालाई मृत्युदण्ड

जेनेभा । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आईएचआर) प्रमुखले मङ्गलबार बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ । ‘फेरि पनि हामीले इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ,’ भोल्कर टर्कले भने, ‘सन् २०२४ मा कम्तीमा ९०१ जनालाई […]

Jan 8, 2025 - 00:24
 0
इरानमा गत वर्ष कम्तीमा ९०१ जनालाई मृत्युदण्ड

जेनेभा । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आईएचआर) प्रमुखले मङ्गलबार बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ ।

‘फेरि पनि हामीले इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ,’ भोल्कर टर्कले भने, ‘सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिइएको पाइएको छ ।’

यो सङ्ख्या सन् २०२३ मा इरानमा मृत्युदण्ड दिइएका कम्तीमा ८५३ जनाको तुलनामा बढी हो । ‘इरानले मृत्युदण्डको यो बढ्दो लहरलाई रोक्ने समय आएको छ,’ टर्कले विज्ञप्तिमा भनेका छन् ।

इरानले हत्या, लागुऔषध तस्करी, बलात्कार र यौन दुव्र्यवहार लगायतका प्रमुख अपराधका लागि मृत्युदण्डको सजाय प्रयोग गर्दछ । इरानमा फाँसीमा वृद्धिप्रति कार्यकर्ताहरू बढ्दो रूपमा चिन्तित छन् ।

एम्नेस्टी इन्टरनेसनल लगायत मानवअधिकार समूहहरूका अनुसार इरानले चीनबाहेक अन्य कुनै पनि मुलुकको तुलनामा प्रतिवर्ष बढी मानिसलाई मृत्युदण्ड दिन्छ । यसका लागि कुनै विश्वसनीय तथ्याङ्क उपलब्ध छैन ।

उनीहरूले विशेष गरी सन् २०२२–२०२३ को देशव्यापी विरोधको पृष्ठभूमिमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका अधिकारीहरूमाथि समाजमा भय फैलाउने साधनको रूपमा मृत्युदण्डको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले गत वर्षको अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको तर ‘विद्रोही र सन् २०२२ को विरोध प्रदर्शनसँग सम्बन्धित मानिसहरूलाई पनि मृत्युदण्ड दिइएको’ बताएको छ ।

‘मृत्युदण्ड दिइएका महिलाहरूको सङ्ख्यामा पनि वृद्धि भएको थियो,’ आईएचआरले सोमबार एक रिपोर्टमा सन् २०२४ मा इरानमा कम्तीमा ३१ महिलालाई मृत्युदण्ड दिइएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register