भ्रष्टाचार धेरै हुने देशको सूचीमा नेपाल

काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो । नेपालले १०० मा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अङ्क ३५ पाएको थियो । सर्वेक्षण गरिएका १८० […]

Feb 11, 2025 - 06:57
 0
भ्रष्टाचार धेरै हुने देशको सूचीमा नेपाल

काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो ।

नेपालले १०० मा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अङ्क ३५ पाएको थियो ।

सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल अध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिए ।

अहिले विश्वव्यापी सूचकाङ्कको औसत अङ्क ४३ हो । त्यसमा पनि ५० अङ्कभन्दा कम ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुक मानिन्छ ।

यस्तै, युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देश बनेको छ । ९० अङ्क प्राप्त गरेर डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register