राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएकाे हाे । दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यतिबेला काठमाडौंबाट २ जना मात्रै राष्ट्रिय पञ्चायतमा निर्वाचित हुने व्यवस्था थियो। बढी मत ल्याउने दुई जना निर्वाचित हुन्थे। २०३८ […]

Feb 11, 2025 - 06:56
 0
राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

काठमाडौं ।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ।

९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएकाे हाे ।

दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यतिबेला काठमाडौंबाट २ जना मात्रै राष्ट्रिय पञ्चायतमा निर्वाचित हुने व्यवस्था थियो। बढी मत ल्याउने दुई जना निर्वाचित हुन्थे।

२०३८ सालमा दाहाल र जोगमेयर श्रेष्ठ निर्वाचित भएका थिए। दाहालले ६५ हजार सात सय ७० मत ल्याएकी थिइन्।

२०४३ सालमा दाहाल र श्रेष्ठ दुवै पराजित भएका थिए। जनपक्षीय उम्मेदवारका रूपमा चिनिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए।

दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register