अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ

बारा। जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम करिब १३ किलोग्राम र नगद १ लाख ३३ हजार ६ सय ५५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ५४ वर्षीय सुर्य बहादुर मोक्ताङ र मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने ४५ वर्षीय भिम बहादुर मोक्ताङ रहेका छन् । प्रहरी […]

Feb 11, 2025 - 11:59
 0
अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ

बारा।

जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम करिब १३ किलोग्राम र नगद १ लाख ३३ हजार ६ सय ५५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ५४ वर्षीय सुर्य बहादुर मोक्ताङ र मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने ४५ वर्षीय भिम बहादुर मोक्ताङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००१ प १६१४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा रहेको १३ वटा पोकाबाट उक्त अफिम फेला पारी चालक सुर्य बहादुर र स्कुटरमा सवार भिम बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register