जनार्दनको चुनौती – आयोग बनाएर क्यान्टोमेन्टको छानबिन गरौँ
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शक्तिशाली आयोग बनाएर भ्रष्टाचार छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधि सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे । उनले भने, “एकले अर्कोलाई दोषी करार गर्नेतिर छलफल केन्द्रित भयो, भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शक्तिशाली आयोग बनाएर भ्रष्टाचार छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे ।
उनले भने, “एकले अर्कोलाई दोषी करार गर्नेतिर छलफल केन्द्रित भयो, भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर छानबिन गरौँ ।”
साथै, सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको टिप्पणीसमेत गरे ।
“मिठो कुरा पनि घाँटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन । आज अध्यादेश कहाँ अड्किरहेका छन् ? एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छ ? त्यसलाई छिटो छलफलमा ल्याउनुपर्यो ।” शर्माले भने ।
What's Your Reaction?






