राजावादीहरुले आज पनि सिफल चौरमा प्रदर्शन गर्ने

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दिउँसो दुई बजेबाट सिफल चौरबाट प्रदर्शन सुरु हुने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए । सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन् । राजावादीहरुले सोमबार बेलुका […]

Jun 3, 2025 - 04:45
 0
राजावादीहरुले आज पनि सिफल चौरमा प्रदर्शन गर्ने

काठमाडौं ।

राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दिउँसो दुई बजेबाट सिफल चौरबाट प्रदर्शन सुरु हुने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए । सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन् ।

राजावादीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शनलाई निरन्तरता दिने भएका हुन् ।

जेठ १५ गतेदेखि राजवादीले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म जारी रहने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register