विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५४ वर्षीय लिल बहादुर राई र ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् । उनीहरुले बेरोजगार युवा युवतीलाई आकर्षक तलब हुने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । प्रहरीका अनुसार लिल बहादुर राईले दुई जनालाई मलेसिया […]

Feb 11, 2025 - 12:03
 0
विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५४ वर्षीय लिल बहादुर राई र ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।
उनीहरुले बेरोजगार युवा युवतीलाई आकर्षक तलब हुने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । प्रहरीका अनुसार लिल बहादुर राईले दुई जनालाई मलेसिया पठाउने भन्दै दुई लाख रुपैयाँ ठगी गरेका थिए ।
त्यस्तै, बिशाल श्रेष्ठले एक जनालाई क्रोयसिया पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register