माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

नवलपरासी । पूर्व पश्चिम महेन्द्र राजमार्गकाे बुटबल नारायणगढ खण्डस्थित खर्कट्टा जंगलमा शनिबार राती भएकाे माेटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा देवचुली १६ नयाँ बजारका २९ वर्षीय केशव महताे रहेका छन् । पश्चिम कावासाेतीबाट रजहर तर्फ जाँदै गरेकाे अवस्थामा राती  सवा ९ बजे राजमार्ग किनारमा […]

Feb 16, 2025 - 04:53
 0
माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

नवलपरासी ।


पूर्व पश्चिम महेन्द्र राजमार्गकाे बुटबल नारायणगढ खण्डस्थित खर्कट्टा जंगलमा शनिबार राती भएकाे माेटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा देवचुली १६ नयाँ बजारका २९ वर्षीय केशव महताे रहेका छन् । पश्चिम कावासाेतीबाट रजहर तर्फ जाँदै गरेकाे अवस्थामा राती  सवा ९ बजे राजमार्ग किनारमा राेकि राखेकाे लु २ ख ४१६६ नम्वरकाे टिपरसँग ठाेकिएर उक्त दुर्घटना भएकाे बताइकाे छ ।

दुर्घटनामा घाइते भएका महताेलाई घटना स्थलबाट करिव ५ किमि पश्चिम मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकाेमा चिकित्सकले राती ९:२५ मा उनलाई मृत घाेषणा गरेका थिए ।

प्रहरीले दुर्घटनामा परेकाे ना ३८ प १२७५ नम्वरकाे माेटरसाईकल, टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register