भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भूमिहीन किसानको विरोध गर्नु हो : प्रदीप ज्ञवाली

रौतहट । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिले मङ्गलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए। अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ थियो […]

Feb 11, 2025 - 16:09
 0
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भूमिहीन किसानको विरोध गर्नु हो : प्रदीप ज्ञवाली

रौतहट । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिले मङ्गलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए।

अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ थियो । देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उनले यो अध्यादेशको विरोध गर्न नहुने बताए ।

नेता ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रधिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताए ।

पार्टीका स्थायी कमिटि सदस्य काशी अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे । पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने जानकारी दिए ।

एमालेका स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीला श्रेष्ठले अब पार्टी कामको मूल्याङ्कनको आधारमा अगाडि बढ्ने बताए । नाताबाद र कृपाबादबाट अब पार्टी नचल्ने बताउँदै उनले जनसङ्गठन पार्टीसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register