काटिएको अवस्थामा दुई जनाको शव फेला

रुकुम पूर्व, २९ माघ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई काटिएको अवस्थामा शव फेला परेको छ । भूमे ४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरि हत्या गरेका हुन । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय [...] The post काटिएको अवस्थामा दुई जनाको शव फेला appeared first on Jhapa Online.

Feb 11, 2025 - 16:13
 0
काटिएको अवस्थामा दुई जनाको शव फेला

रुकुम पूर्व, २९ माघ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई काटिएको अवस्थामा शव फेला परेको छ ।

भूमे ४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरि हत्या गरेका हुन । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिनुभएको छ । डिएसपी खरेलका अनुसार फरार रहेका चन्द्रसिङ पुनलाई पनि खोजतलासका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको बताइएको छ ।

वडा अध्यक्ष श्याम प्रसाद बुढाका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भइरहेको र फरार भनिएको व्यक्तिको शवलाई पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ । यस विषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी हिम बहादुर केसीले जानकारी दिनुभएको छ ।

The post काटिएको अवस्थामा दुई जनाको शव फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register