हल्दिबारीमा शौचालयमा मानिस मृत फेला

झापा, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा गएराति एक पुरुष मृत फेला परेका छन् । हल्दिबारी–२ आसमानबारीका ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दिलबहादुर राति शौचालय गएका थिए । उनका दाजु राजकुमार राजवंशी शौचालय जाँदा भित्रबाट ढोका बन्द रहको र [...] The post हल्दिबारीमा शौचालयमा मानिस मृत फेला appeared first on Jhapa Online.

May 14, 2025 - 11:01
 0
हल्दिबारीमा शौचालयमा मानिस मृत फेला

झापा, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा गएराति एक पुरुष मृत फेला परेका छन् ।

हल्दिबारी–२ आसमानबारीका ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

दिलबहादुर राति शौचालय गएका थिए । उनका दाजु राजकुमार राजवंशी शौचालय जाँदा भित्रबाट ढोका बन्द रहको र धेरै समयसम्म पनि ढोका नखोलेपछि टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएको प्रवक्ता खड्काले बताउनुभयो ।

शौचालयको ढोका भित्रबाट चुकुल लगाएको र खोलेर हेर्दा शौचालय बसेकै ठाउँमा मृत अवस्थामा दिलबहादुर फेला परेका हुन् । कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

The post हल्दिबारीमा शौचालयमा मानिस मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register