झापामा ४७ हजार किशोरीले लगाए एचपीभी खोप

झापा, १ फागुन । झापाका करिब ४७ हजार किशोरीले पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप लगाएका छन् । ५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीले एचपीभी खोप लगाएको जिला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो लक्ष्यको ८५।४३ प्रतिशत हो । स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालयबाहिर रहेका १० [...] The post झापामा ४७ हजार किशोरीले लगाए एचपीभी खोप appeared first on Jhapa Online.

Feb 13, 2025 - 02:07
 0
झापामा ४७ हजार किशोरीले लगाए एचपीभी खोप

झापा, १ फागुन । झापाका करिब ४७ हजार किशोरीले पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप लगाएका छन् ।

५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीले एचपीभी खोप लगाएको जिला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो लक्ष्यको ८५।४३ प्रतिशत हो । स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ७५४ र विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ४४ हजार २१५ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो ।

विद्यालयमा अध्ययनरत ९४.०९ प्रतिशतले खोप लगाउँदा विद्यालयबाहिरका ३२.०८ प्रतिशतले मात्र खोप लगाएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विद्यालयबाहिर रहेका ८ हजार ४०५ जनालाई खोप लगाउने लक्ष्य थियो । तर, २ हजार ७५४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । यही माघ २२ गते विश्व क्यान्सर दिवसका दिन सुरु भएको खोप अभियान माघ २९ गतेसम्म सञ्चालन भएको थियो ।

The post झापामा ४७ हजार किशोरीले लगाए एचपीभी खोप appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register