कोशी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा आमनागरिकलाई सुरक्षित, दिगो, व्यवस्थित एवं सर्वसुलभ तरिकाले खानेपानीको प्रबन्ध हुने बताए । यसबाट सेवा चुस्त र खानेपानीे व्यवस्थापनसहित […]

Feb 14, 2025 - 06:51
 0
कोशी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा आमनागरिकलाई सुरक्षित, दिगो, व्यवस्थित एवं सर्वसुलभ तरिकाले खानेपानीको प्रबन्ध हुने बताए । यसबाट सेवा चुस्त र खानेपानीे व्यवस्थापनसहित नियमन गर्न सहज हुनुका साथै पानीको स्रोतमाथिको अधिकार र मुहान सुरक्षित हुने जानकारी गराए ।

यसैगरी, ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफल समाप्तिसँगै भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्री र मन्त्रालयको दृष्टिले मात्र ऐन समृद्ध नहुने भएकाले सदनमा छलफल गरिएको बताए ।

मापदण्डविपरीत बनेका भवनलाई सबलीकरण गरी मापदण्डभित्र पार्न ऐनमा व्यवस्था भएको बताउँदै उनले सार्वजनिक भवन महिला, बालबालिका, आपङ्गता र ज्येष्ठ नागरिकमैत्री हुने धारणा राखे । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register