प्रकृति लम्सालको पक्षमा ओडिसा विधानसभाबाहिर एबीभीपीको प्रदर्शन

काठमाडौं । अखिल भारतीय विद्यार्थी परिषद्(एबीभीपी)ले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि ओडिसा विधानसभाबाहिर प्रदर्शन गरेको छ । परिषद्ले लम्सालको आत्महत्यामा संलग्न र नेपाली विद्यार्थीलाई जबरजस्ती निष्कासन गर्नेलाई कारबाही गर्न माग गरेको छ । उनीहरुले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजका संस्थापकको पुत्लासमेत जलाएका छन् । यो घटनाले भारतको छविलाई मात्रै बदनाम गरेको छैन, […]

Feb 20, 2025 - 06:17
 0
प्रकृति लम्सालको पक्षमा ओडिसा विधानसभाबाहिर एबीभीपीको प्रदर्शन

काठमाडौं । अखिल भारतीय विद्यार्थी परिषद्(एबीभीपी)ले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि ओडिसा विधानसभाबाहिर प्रदर्शन गरेको छ ।

परिषद्ले लम्सालको आत्महत्यामा संलग्न र नेपाली विद्यार्थीलाई जबरजस्ती निष्कासन गर्नेलाई कारबाही गर्न माग गरेको छ । उनीहरुले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजका संस्थापकको पुत्लासमेत जलाएका छन् ।

यो घटनाले भारतको छविलाई मात्रै बदनाम गरेको छैन, विद्यार्थीको सुरक्षामा पनि गम्भीर चिन्ता खडा गरेको परिषद्ले जनाएको छ ।

विरोध प्रदर्शनमा एबीभीपी ओडिशा (पूर्व)का राज्य सचिव दीप्तीमायी प्रतिहारीलगायतका विद्यार्थी नेताको सहभागिता थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register