भ्यालेन्टाइन डेमा एनसेल ग्राहकलाई डेटा प्याकमा बोनस, सनग्लास जित्ने मौका
काठमाडौं । एनसेलले भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । न्यूम्यूसँगको सहकार्यमा एनसेलले ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर घोषणा गरेको हो । यसअन्तर्गत डेटा प्याक किन्दा बोनस डेटा पाइनेछ भने २५ जना भाग्यशाली ग्राहकले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् । यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध छ । आज अर्थात् फेब्रुअरी १४ तारिखका दिन एनसेल एपमा उपलब्ध कुनै पनि डेटा प्याक खरिद गर्ने ग्राहकले प्याक अनुसार १ जीबी देखि ३० जीबी सम्म बोनस डेटा र ५० मिनेट अन-नेट टक टाइम पाउनेछन् ...

What's Your Reaction?






