पाँचथरमा ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने किसान पुरस्कृत

राधा लुइटेलफिदिम, फागुन ३ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ । किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फूलमाला लगाई दिँदै गरेको दृश्य निकै नै रोचक थियो । आर्थिक वर्ष २०८०–०८१ देखि [...] The post पाँचथरमा ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने किसान पुरस्कृत appeared first on Jhapa Online.

Feb 15, 2025 - 07:55
 0
पाँचथरमा ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने किसान पुरस्कृत

राधा लुइटेल
फिदिम, फागुन ३ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ ।

किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फूलमाला लगाई दिँदै गरेको दृश्य निकै नै रोचक थियो ।

आर्थिक वर्ष २०८०–०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रूपमा यसरी सम्मान गरेको हो ।

गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुसी देखिएको थियो ।

गाउँपालिकाले यो वर्ष ५० मुरीदेखि एक सय मुरीसम्म धान फलाएका ३९ जना किसानलाई जनही ३० हजार र एक सय मुरी धान फलाएकालाई जनही ५० हजारका दरले पुरस्कार प्रदान गरेको हो ।

गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानमध्ये प्राप्त पुरस्कारबाट केहिले दुहुनो गाई केहिले भैँसी त केहिले हल गोरु किन्ने बताए ।

गाउँपालिकाले आगामी वर्ष अन्य समूहका बालीमा पुरस्कार दिने योजना अघि बढाउने अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो ।

The post पाँचथरमा ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने किसान पुरस्कृत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register