कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुँदैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको बताउका हुन । पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्ने कुरा विधानमा रहेको उल्लेख गर्दै उनले कति थपिन्छ वा […]

Feb 15, 2025 - 08:15
 0
कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुँदैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको बताउका हुन ।

पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्ने कुरा विधानमा रहेको उल्लेख गर्दै उनले कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रीय समितिको बैठकले गर्ने बताए ।

‘पार्टीको अधिवेशन चार वर्षमै हुनुपर्छ भन्ने छैन । विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था छ । विधानमा पहिला एक वर्ष र त्यसपछि अर्को ६ महिनासम्म थप्न पाउने व्यवस्था छ,’ उनले भने, ‘तर कति थपिन्छ थपिँदैन भन्ने कुरा केन्द्रीय समितिले निर्णय गर्छ । तर थपिन्छ भन्ने कुरामा परिस्थितिले, तयारीले थपिने कुरामा शंका छैन ।’

प्रवक्ता महतले नेतृत्वको लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको भन्दै अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्ने कुरामा दौड लगाउनु उचित हुने बताए । उनले पार्टी नेतृत्वका लागि अरूभन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारे ।

‘योग्यतको प्रश्न छ, अहिले देखिएका जति पनि साथीभाइहरू म म भनेर हिँड्नुभएको छ। उनीहरूभन्दा कुनै पनि कोणबाट, कुनै पनि पृष्ठभूमिबाट मैले आफूलाई ठानेको छैन,’ उनले भने।

सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमिसम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरूले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिस्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register