बृहत स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा हजारौं सहभागी

काठमाडौं । काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । शुक्रवार हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको बृहत् परीक्षामा काठमाडौं उपत्यकाका तीन जील्लाका सय भन्दा धेरै विद्यालयका विद्यार्थीहरू सहभागि भएका छन् । विद्यार्थीहरुलाई आफ्नो गौरवशाली संस्कृतिसँग परिचित गराउन, धर्म, संस्कार र परम्परा तथा हिन्दू धर्म संस्कृस्तिका विशिष्ट जीवन–मूल्य, नैतिक […]

Feb 15, 2025 - 10:06
 0
बृहत स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा हजारौं सहभागी

काठमाडौं । काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

शुक्रवार हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको बृहत् परीक्षामा काठमाडौं उपत्यकाका तीन जील्लाका सय भन्दा धेरै विद्यालयका विद्यार्थीहरू सहभागि भएका छन् ।

विद्यार्थीहरुलाई आफ्नो गौरवशाली संस्कृतिसँग परिचित गराउन, धर्म, संस्कार र परम्परा तथा हिन्दू धर्म संस्कृस्तिका विशिष्ट जीवन–मूल्य, नैतिक मान्यता बारे बोध गराउन आयोजना गरेको संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका अच्युत नेपाल प्रथम भएका छन् ।

यसैगरी, शहीद स्मारकका लोकराज जैसी द्वितीय र दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमला तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले जनही नगद रु ५१ हजार, ३१ हजार र २१ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

परीक्षामा सहभागीहरूमध्ये ६६ जना विद्यार्थीले सबै ५० वटै प्रश्न मिलाउन सफल भएका थिए । ६३  जनालाई जनही एक हजारका दरले सान्त्वना पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यालयका साना भाइबहिनीहरूलाई संस्कारसहितको नैतिक शिक्षा सिकाउँदै विद्यालय तहदेखि नै संस्कृत शिक्षा, हाम्रो वैदिक हिन्दुत्वको शिक्षा र नैतिक शिक्षा सिकाउनु पर्ने अति आवश्यक रहेको बताए ।

साथै, उनले विश्वमा हिन्दूत्वको पुनर्जागरणका लागि स्वामी विवेकानन्दले दिएको ज्ञान विश्वको लागि अनुकरणीय र प्रेरणादायी रहेको बताए ।

त्यसैगरी कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले घर बलियो बनाउन जसरी बलियो जग हुनुपर्छ त्यसैगरी राष्ट्र बलियो बनाउनका लागि भाषा, धर्म, संस्कृति र सभ्यता महत्वपूर्ण रहेको बताए । उनले राष्ट्र बलियो बनाउन सुसंस्कृत समाज, आदर्श नागरिक, असल नैतिकवान, चरित्रवान व्यक्ति निर्माण आवश्यक रहेकोले संघले आयोजना गरेको संस्कृति ज्ञान परीक्षा युगान्तकारी कदम रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register