पाथीभरा क्षेत्रमा वर्षासँगै हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार राति सामान्य वर्षासँगै हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका […]

Feb 16, 2025 - 03:09
 0
पाथीभरा क्षेत्रमा वर्षासँगै हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार राति सामान्य वर्षासँगै हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।

तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।

यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register