७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौँ।  नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । साथै […]

Feb 16, 2025 - 11:50
 0
७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौँ। 

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

साथै सोही निर्णयबाट पदोन्नति भएका २ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् भने १ जना प्रहरी नायव उपरीक्षक हाल तालिमको सिलसिलमा विदेशमा रहेका छन् ।

 दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दा माथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन उनले निर्देशन दिए । प्रहरी सेवामा सबै नागरिकको सहज पहुँचको वातावरण निर्माण गरी प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानुन सम्मत तवरले कार्यसम्पदान गरी आम नागरिकको नजरमा प्रहरी प्रतिको सम्मान र विश्वास बढाउन थप कटिबद्ध हुनुपर्ने उनले बताए । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register