विवाहको उमेर २० वर्ष नै कायम राख्न माग

काठमाडौं । सुर्खेतका महिला अधिकारकर्मी तथा किशोरीहरुले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन् । शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका हुन् । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तरगर्त गठित उपसमितिको मिति २०८१ माघ २ […]

Feb 7, 2025 - 09:23
 0
विवाहको उमेर २० वर्ष नै कायम राख्न माग

काठमाडौं ।

सुर्खेतका महिला अधिकारकर्मी तथा किशोरीहरुले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन् । शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका हुन् ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तरगर्त गठित उपसमितिको मिति २०८१ माघ २ गते बसेको बैठकले नेपालमा विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्षमा झार्न दिएको सुझाव प्रति आपत्ति जनाएका छन् । साथै तथ्यगत अध्यायन, अनुसन्धान तथा किशोरीको मनोसामाजिक, शारीरीक, स्वास्थ्य र सामाजिक संरचनागत पक्षका आधारमा कानुनी रुपमा नै केटाकेटीको उमेर २० वर्ष तय गरेकोमा त्यसलाई घटाउन नहुने उनीहरुको माग छ ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै महिला तथा बालअधिकारर्की संगिता वलीले नेपालमा संविधानले नै व्यवस्था गरेको बिहेबारी २० बर्ष पारी वैज्ञानिक रहेको बताइन् । उनले भनिन्, “बालबालिकाको उज्वल भविष्य, शिक्षा प्रजनन स्वास्थ्य, भावनात्मक, सामाजिक र शारीरीक परिपक्कताका साथै मानव अधिकारका दृष्टिकोणले विवाहको उमेर २० वर्ष नै उचित हुन्छ । यस्तो सम्बेदनशील विषयमा कानुन बनाउने तहबाटै बहस थालनी हुने असान्दर्भीको हो ।”

महिला अधिकारकर्मी तथा किशोरीहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै सुर्खेतका प्रमूख जिल्ला अधिकारी शंकरहरी आचार्यले यो ज्ञापन पत्र जस्ताको त्यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाउने प्रतिवद्धता जनाए । उनले विवाहको उमेर २० बर्ष नै उचित हुने भन्दै त्यसका लागि किशोरीहरु र महिला अधिकारकर्मीहरुले जाहेज मागको उठान गरेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register