खोटाङको हलेसी बजारमा आगलागी

खोटाङको हलेसी बजारको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको र स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

Feb 16, 2025 - 15:53
 0
खोटाङको हलेसी बजारमा आगलागी
खोटाङ। 

खोटाङको हलेसी बजारको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो ।

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको र स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरु घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ । 

आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register