फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द

बागमती । हेटौँडा–काठमाडौं जोड्ने फाखेल–मातातीर्थ सडक आइतबारदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले आइतबार सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन् । सो सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी […]

Feb 17, 2025 - 00:48
 0
फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द

बागमती । हेटौँडा–काठमाडौं जोड्ने फाखेल–मातातीर्थ सडक आइतबारदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले आइतबार सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

सो सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ ।

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register